१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना, १ जनाको मृत्यु ९ घाइते


२६ भदौ २०८१, बुधबार  

249
Shares

रुपन्देही ।अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

छत्रदेवबाट बुटवल आउँदै गरेको लु १ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो शितगंगा गाउँपालिका–१२ मा हिलेखोलामा दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह राठौरले बताए । दुर्घटना परेर अन्दाजी ६५ वर्षीय रामप्रसाद पन्थीको मृत्यु भएको र उनको ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

छत्रदेवदेखि बुटवल आउँदै गरेको जिपमा १० जना सवार रहेका थिए । घाइते ९ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि बुटवल रिफर गरिएको छ ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था