२१ चैत्र २०८२, शनिबार । April 4, 2026

मितेरी सहकारी ठगी प्रकरणः ‘डिभोर्स’ गरेकी श्रीमतीको जिम्मा लिन नसक्ने धनराज गुरुङको प्रष्टोक्ति


२५ भाद्र २०८१, मंगलबार  

18
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले आफूमाथि लागेका आरोपका विषयमा संसदीय छानबिन गर्न माग गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उपसभापति गुरुङले आफूले निष्ठा र नैतिकताको राजनीतिक गर्ने भएकाले सहकारी ठगीको आरोपबारे छानबिन गर्न सभामुख र गृहमन्त्रीलाई आग्रह गरेका हुन् । मितेरी सहकारीको रकम हिनामिनाको विषयमा पूर्व श्रीमती ज्योती गुरुङसँग आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको उनले बताएका छन् ।

ललितपुरस्थित मितेरी सहकारी संस्थाको १५ करोड रकम हिनामिनामा नाम जोडिएपछि आज संसद बैठकमा स्पष्टीकरण दिँदै उनले त्यसको खण्डन गरेका हुन् । उपसभापति गुरुङले पूर्वपत्नीले गरेको बदमासीको जिम्मा आफूले नलिने समेत बताए । सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पूर्वमन्त्री समेत रहेका धनराज र उनकी पत्नी ज्योतीले पैसा फिर्ता गर्ने सहमति गरे पनि अहिलेसम्म फिर्ता नगरेको भन्दै संसदीय विशेष समितिमा बयान दिएका थिए ।

सहकारीको प्रवन्ध निर्देशक रहेकी ज्योती र धनराजको सम्बन्ध बिच्छेद भइसकेको बताइएको छ । उपसभापति गुरुङले व्यापार व्यवसायमा श्रीमान–श्रीमतीमा एउटा जोडिँदा अर्कोलाई जोडेर हेरिने सामान्य रहेको टिप्पणी गरेका छन् । उपसभापति गुरुङले परिवारमा दरार आएपछि १० वर्षको बच्चा हुर्काउन पर्दाको पीडा पनि संसदमा पोखे । नेल्सन मण्डेलाको श्रीमतीसँग सम्बन्ध विच्छेद भएको र बिनी मण्डेलाका मुद्दाहरू आए पनि नेल्सन मण्डेलामाथि प्रश्न नआएको उनले बताए ।

उनले सहकारीको प्रबन्ध निर्देशक ज्योतीसँग २९ फागुन २०७६ मा गरेको सम्बन्धविच्छेद नक्कली प्रमाणित गर्न पनि चुनौती दिए । उनले आफू प्रमाण लुकाउने जिम्मेवार पद ९गृहमन्त्री० मा नरहेको र संसदीय छानबिन गर्नुपर्छ भने पनि तयार रहेको बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने