२८ बैशाख २०८२, आइतबार । May 11, 2025

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु



रुकुम पश्चिम । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६१ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो । साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।

घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १२ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित