२५ माघ २०८२, शनिबार । February 7, 2026

बाढी र पहिरोमा परि हालसम्म १ सय ९५ जनाको मृत्यु, ५ हजार ८ सय परिवार विस्थापित



काठमाडौं । हालसम्म मनसुनी विपद्‌मा परी १ सय ९५ जनाको मृत्यु भएको छ ।

बाढी पहिरो जस्ता मनसुनी विपद्‌मा परी गत जेठ २८ गतेदेखि शुक्रबार दिउँसोसम्म गरी १ सय ९५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी पहिरोमा परी ४९ जना बेपत्ता भएका छन् भने ५ हजार ८ सय ८३ परिवार विस्थापित भएका छन् । बाढी पहिरोका कारण काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।

त्यस्तै, बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता छन् । २ सय ४७ जना घाइते भएका छन् ।

जसमध्ये काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना घाइते भएको र उनीहरुको नजिकका अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विपद्‌का कारण ५ हजार ८ सय ८३ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल