२ बैशाख २०८३, बुधबार । April 16, 2026

नेपाली चलचित्र बगानको शीर्ष गीत ‘उडी छुनुछ आकाश’ सार्वजनिक


१५ कार्तिक २०७९, मंगलबार  

9
Shares

काठमाडौं । नेपाली चलचित्र बगानको शीर्ष गीत ‘उडी छुनुछ आकाश’ सार्वजनिक भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच सोमवार चलचित्रको गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्र निर्देशक एवं नायक सरोज खनालले चलचित्रमा विधुवा महिला (आमा) को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाएको बताए । उनले अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो भएझैँ महिलालाई पनि अर्को जीवनसाथीको खाँचो हुनेकुरा चलचित्रमा रहेको उल्लेख गरे ।

अहिले विधुवा पुरुषको कथा रहेको चलचित्र महापुरुषले सिने क्षेत्रमा तहल्का पिटेको उल्लेख गर्दै महिला विधुवाको कथालाई पनि दर्शकले मन पराइदिने विश्वास व्यक्त खनालले गरेका छन् । त्यस्तै अग्रज कलाकार वसुन्धरा भुसालले दर्शकहरुले यो चलचित्र मन पराइदिने विश्वास व्यक्त गरिन् । उनले चलचित्रले समाजमा महिलालाई परेको दुःखलाई देखाएको भन्दै महिलाको हक, अधिकार र वेदनालाई समेटिएको बताईन् ।

बरिष्ठ कलाकार नीर शाहले समाजलाई परिवर्तन गर्न चलचित्रको माध्यमबाट परिवर्तन गर्नका लागि यो चलचित्र आवश्यक रहेको बताए । उनल चलचित्रले सामाजिक कुरीतिबिरुद्ध एउटा सशक्त आवाज उठाएको उल्लेख गरे । सरोज खनाल निर्देशित चलचित्र बगान आगामी फागुन १२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  २ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व