२६ चैत्र २०८१, बुधबार । April 9, 2025

टिकटकमाथिको प्रतिवन्ध हटाउने तयारीमा सरकार



काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

बिहीबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमा यसअघि सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको सूचना तथा सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्दै छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रीस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव तयार पार्न निर्देशन दिएको र सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजान लागिएको बताइएको छ ।

यसअघि टिकटकले सञ्चार मन्त्रालयलाई प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै गत वर्ष २७ कात्तिकको मन्त्रिपरिषदमा निर्णय गरेर टिकटकमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पञ्जाबको शानदार प्रदर्शन : तेस्रो जितसहित प्लेअफमा धावा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले तेस्रो

आपत्तिजनक भाषा प्रयोगप्रति एनआरएनए अध्यक्ष बुद्धि गुरुङको आपत्ति

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष बुद्धि

सेन्सेइको नयाँ वर्ष भव्य अफर : सपिङ्ग गर्नुहोस्, एक्स-पल्समा हुइँकिनुहोस् !

काठमाडौं । नयाँ वर्ष २०८२ को स्वागत गर्दै सिजी इलेकट्रोनिक्स

नारायणीमा दर्दनाक घटनाः चप्पल टिप्न खोज्दा दिदीभाइ बेपत्ता

नवलपरासी । नारायणी नदीमा डुबेर गैँडाकोट–१ का दुई बालबालिका दिदीभाइ

अछामको जयगढ बजारमा भीषण आगलागी,दर्जनौं पसलमा क्षति

अछाम । बान्निगडी जयगढ गाउँपालिका-५ स्थित जयगढ बजारमा मंगलबार साँझ