२४ चैत्र २०८१, सोमबार । April 7, 2025

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र



जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराति आएको अविरल वर्षाले कालीकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए । सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ ।

छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ । विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।

यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धित निकायको ध्यान जान नसक्दा बर्षेदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन् । सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अन्जना रानामगर अब एपिएफ क्लबमा

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले अब

डोटीमा मिनी ट्रक दुर्घटनाः २७ वर्षीय युवकको मृत्यु, एक जना घाइते

डोटी । सोमबार दिउँसो साढे १२ बजे डोटीको बडीकेदार गाउँपालिका–३

टीभीएसको नयाँ बर्ष अफरः ‘नयाँ युगको सवारी’ स्कीममा आकर्षक छुट र सुविधा

काठमाडौं। नयाँ वर्ष २०८२ को अवसरमा टीभीएस मोटरसाइकलको आधिकारिक वितरक,

साता सुरूमै सेयर बजारमा ३२ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

नीलम ढुंगाना तिम्सिना राष्ट्र बैंकको कार्यबाहक गभर्नर नियुक्त

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंकको