२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

सूचीकृत बेरोजगारको संख्या साढे ८ लाख



काठमाडौं । चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको संख्या १ लाख ३३ ले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा वेरोजगार युवाको संख्या ७ लाख ८ हजार २४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६६० पुगेको हो । आर्थिक वर्ष २०७७/०७८ मा न्यूनतम रोजगार कार्यक्रममा सहभागी हुन ७ लाख ५२ हजार ४५० जना बेरोजगार व्यक्तिको सूचीकरण भएको र तीमध्ये २ लाख बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गरिने राष्ट्रिय लक्ष्य तोकिएको थियो। प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले कार्यक्रमको लक्ष्य रोजगारी सृजनासँगै बेरोजगारको खोजी गरी सूचीकरण गर्ने भएकाले पछिल्लो समय स्थानीय तहसँग मिलेर बेरोजगारको खोजीलाई प्रभावकारी बनाएपछि संख्या बढेको बताए।

बेरोजगारको संख्या वृद्धिसँगै सबैलाई रोजगारी उपलब्ध गराउन नसक्नु कमजोरी भए पनि सूचीकृत हुने र रोजगारी माग गर्ने चेतना बढ्नु सकारात्मक हो, उपसचिव भुसालले भने, पछिल्लो समय स्थानीय तहले पनि रोजगार कार्यक्रमलाई प्राथमिकता दिएका कारण भविष्यमा रोजगारी पाउनेको संख्या समेत बढ्न सक्छ। यो समाचार कारोबार दैनिकमा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप