२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

सांसद सोविता गौतममाथि सार्वजनिक स्थलमै अभद्र व्यवहार


२१ श्रावण २०८१, सोमबार  

69
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सोविता गौतमले आफूमाथि सार्वजनिक स्थलमै अभद्र व्यवहार भएको बारे सरकारलाई गम्भीर ध्यानाकर्षण गराएकी छिन् ।

आइतबार करिब साँझ ५ बजे आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको कागेश्वरी मनोहरा नगरपालिका– ६ स्थित मनकामना टोलमा अभद्र व्यवहार भएको गौतमले सोमबार प्रतिनिधिसभामार्फत् जानकारी गराइन्। उक्त क्षेत्रमा पहिरो गएको ठाउँ अवलोकन गरेर फर्कने क्रममा केही युवाहरुले अभद्र व्यवहार गरेको उल्लेख गर्दै उनले भनिन्, ‘म फर्केर आउँदा त्यहाँ १५–२० जना साथिहरु जम्मा भइसक्नुभएको थियो र ती साथीहरु सामान्य अवस्थामा हुनुहुन्थेन । उहाँहरु कोही गाँजाको नसामा लठ्ठ हुनुहुन्थ्यो, कोही रक्सीले मात्तिएको हुनुहुन्थ्यो र कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो ।

आफूलाई घेरेर उनीहरुले तथानाम मुख छाडेका भन्दै गौतमले दुव्यवहार गर्नेहरुमध्यकै कसैले उक्त घटनाको भिडियो सामाजिक संजालमा हालेको भेटिएको बताइन्। ‘भिडियो अपलोड गर्ने मान्छेको प्रोफाइल खोलेर हेर्दा, जो व्यक्ति मसँग अभद्र शैलीले त्यहाँ प्रस्तुत भएको थियो, तिनै व्यक्तिले भिडियो अपलोड गरेको थियो ।

त्यो व्यक्तिको प्रोफाइलमा लेखिएको थियो कुनै एउटा राष्ट्रिय दलको युवा संगठनको संवेदनशील पदमा रहेका साथि हुनुहुन्थ्यो, उनले भनिन्।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध