८ चैत्र २०८२, आइतबार । March 22, 2026

देशभर २२ जनामा हैजा संक्रमण पुष्टि, ललितपुरमा सबैभन्दा बढी


१७ श्रावण २०८१, बिहिबार  

348
Shares

काठमाडौं । नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।

दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ। काठमाडौंको टोखा र कैलालीको धनगढीमा पनि हैजा संक्रमित भेटिएका छन्।

खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाइमा प्रायः सबै सजग रहे पनि बर्खायाममा पानीको स्रोतमा फोहोर मिसिने हुनाले हैजाको संक्रमण देखिने गरेको छ । ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा झाडापखालासहित चौलानी पानीजस्तो पातलो दिसा आउने, वाकवाकी लाग्ने, बान्ता हुने र कडा जलवियोजनका लक्षण देखिन्छन्।

हैजा संक्रमितको दिसाले पानीको स्रोत प्रदूषित गरेको खण्डमा महामारीको रूप लिन सक्छ। मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकीले बुधबार विज्ञप्ति जारी गरेर हैजा अति संक्रामक तथा शीघ्र फैलने भएकाले सजग रहन सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो