९ बैशाख २०८२, मंगलबार । April 22, 2025

प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबको लगातार दोस्रो जित



काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लवले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

मुलपानी मैदानमा सोमवार भएको खेलमा नेपाल पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकाल्दा अर्को खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा ६९ रनको जित निकालेको हो । पुलिसले प्रदेश–१ ले दिएको १ सय ३ रनको लक्ष्य १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जितमा कुशल भुर्तेलले ४२ रनको योगदान दिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो । प्रदेश–१ का लागि निरज मुखियाले २९ रन जोड्दा अंकित सुवेदीले २४ रन बनाए । पुलिसका ललित राजवंशीले ५ विकेट लिए । पुलिस समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ ।

प्रदेश–१ ले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । यसैगरि जारी प्रतियोगितामा सुखद् शुरुवात गर्ने क्रममा गण्डकीले सुदूरपश्चिमलाई १ सय ३९ रनमा समेट्यो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२ दशमलब ४ ओभरमा समेटिएको थियो ।

सुदूरपश्चिमका लागि मिलन बोहोराले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । सुदूरपश्चिमको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा गण्डकीका विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो ।

उसका लागि ओपनर अर्जुन कुमालले ६३ रनको व्यक्तिगत पारी खेले । प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

थुनाको भित्ता पछाडिबाट सर्वोच्चसम्मको लडाइँ ! आज छुट्लान रवि ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर

झन् चर्कियो शिक्षक आन्दोलन ! मन्त्रीको राजीनामाले पनि रोक्न सकेन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा

सुनको मूल्य नयाँ उचाइमा, तोलाको १ लाख ९७ हजार ९ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ

कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा

बनेपा नगरपालिकाले सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

काठमाडौं। बनेपा नगरपालिकाले सहकारी क्षेत्रका समस्या समाधान गर्नका लागि ‘सेक्योस