४ असार २०८३, बिहिबार । June 18, 2026

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा सहित राप्रपाको घोषणा पत्र सार्वजनिक (पुर्ण पाठ)


१४ कार्तिक २०७९, सोमबार  

6
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा सहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ । राप्रपाको घोषणा पत्रमा पूर्ण समानुपातिक संसद हुनुपर्ने , प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरुप हुनुपर्ने उल्लेख छ ।

राप्रपाले २०४६ पछिका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानविन गर्ने पनि बताएको छ । एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने, उच्चस्तरीय नागरिक अयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता समेत जनाएको छ । साथै सत्ता केन्द्रित राजनीति नगर्ने र आगामी दिनमा सत्ताभन्दा आफ्नो प्राथमिकताका मुद्दाहरु स्थापना गर्न केन्द्रित राप्रपाको योजना छ ।

साथै, स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत बिभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्णरुपमा प्रतिवन्ध लगाइने पनि राप्रपाले उल्लेख गरेको छ ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । राप्रपाले आसन्न निर्वाचनका लागि केही स्थानमा एमालेसँग तालमेल गरेको छ भने अधिकांश ठाउँमा एक्लै उम्मेदवार उठाएको छ ।

हेर्नुहोस् घोषणापत्र :

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ५ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा