२९ चैत्र २०८२, आइतबार । April 12, 2026

सिमलताल दुर्घटना

हालसम्म २१ जनाको शव भेटियो, १४ को सनाखत, ४४ अझै बेपत्ता


३ श्रावण २०८१, बिहिबार  

210
Shares

चितवन । चितवनको सिमलतालमा पहिरोमा परेर बेपत्ता भएका दुई बसका यात्रुहरूमध्ये आज थप दुई शव फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका– २६ सिसुवारमा १ पुरुष र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ त्रिवेणी व्यारेज पुलमा एक महिलाको गरी दुई शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अहिलेसम्म २१ शव फेला परेका छन्। तीमध्ये १४ शवको मात्र सनाखत भएको छ। एक महिलासहित सात पुरुषको शवको सनाखत हुन सकेको छैन।

अहिलेसम्म नवलपुरमा १५, चितवनमा पाँच र पश्चिम नवलपरासीमा एक गरी २१ शव फेला परेका छन् । तिनमा तीन महिला, एक बालक र १७ पुरुष छन्। सनाखत भएकामा सर्लाहीको बरहुथवा नगरपालिका– ३ का १९ वर्षीय रमितकुसर माझी, सर्लाहीकै रामनगर गाउँपालिका– ३ का २९ वर्षीय जितेन्द्रराम महरा, पर्साको सकुवा प्रसौनी गाउँपालिका– २ की २८ वर्षीय चन्द्रप्रभाकुमारी चौधरी, रौटहटको परुहा नगरपालिका– ६ का ४० वर्षीय ऋषिकुमार सिंह, रौतहटकै गरुडा गाउँपालिका– ९ का ९ वर्षीय बालक अशोककुमार यादव, रौतहटकै चन्द्रपुर नगरपालिका– १० का ४३ वर्षीय किशोरकुमार चौधरी, रौतहटको बोधीमाई नगरपालिका– ७ का २९ वर्षीय अमृता कुमारी छन्।

यस्तै, चितवनको भरतपुर महानगरपालिका– २२ का २३ वर्षीय सुदीप विक, चितवन माडी नगरपालिका– १ का २२ वर्षीय विकास परियार, भारतको सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपाल शाह, सीतामणि बेतियानिवासी ३० वर्षीय जयप्रकाश ठाकुर, सीतामणि खाना बैरगनिहा– ९ निवासी २७ वर्षीय विवेक कुमार, भारतको विहार बेतिया निवासी ३० वर्षीय सजाद अन्सारी, बारा जिल्लाको विश्रामपुरनिवासी ४३ वर्षीय प्रमानन्द पण्डितको सनाखत भएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व