६ श्रावण २०८३, बुधबार । July 22, 2026

इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले लिए सन्यास


२९ असार २०८१, शनिबार  

78
Shares

एजेन्सी । इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ वर्षको उमेरमा क्रिकेटलाई अलबिदा भनेका छन् ।

सन् २००२ मा २० वर्षको उमेरमा एन्डरसनले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका थिए । टेस्टमा ७ सय ४ विकेट, एकदिवसीयमा २ सय ६९ र टी–२० मा १८ गरी उनले करियरमा कुल ९ सय ९१ विकेट लिए । २१ वर्षसम्म इङ्ल्यान्ड टोलीको पेस बलिङको नेतृत्व गरेका उनले लर्ड्समा अन्तिम टेस्ट खेलेका हुन् । खेल जितेपछि उनी बालकनीमा आए, मैदानमा जम्मा भएका सयौँ फ्यानलाई सम्बोधन गर्दै उनले भने, ‘इङ्ल्यान्डका लागि क्रिकेट खेल्नु संसारकै उत्कृष्ट काम हो ।’

र त्यसपछि अलबिदा भने।खेलपछि सम्पूर्ण टोली र पूर्व कप्तान नासिर हुसेन लर्ड्सको ड्रेसिङ रुममा उपस्थित थिए । हुसैनले एन्डरसनलाई भने, ‘तपाईंले इङ्ल्यान्डका लागि जे गर्नुभयो त्यो उत्कृष्ट थियो। सबै कुराका लागि धन्यवाद। एन्डरसनले आफ्नो एकदिवसीय करियर २००२ मा अस्ट्रेलिया विरुद्ध सुरु गरे र अन्तिम खेल सन् २०१५ मा अफगानिस्तानविरुद्ध खेले। उनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध आफ्नो टेस्ट करियर सुरु गरेका थिए ।

शुक्रबार वेस्ट इन्डिज विरुद्ध आफ्नो अन्तिम खेल खेले। त्यस्तै उनको टी–२० करियर को सुरुवात सन् २००७ मा अस्ट्रेलियासँग भएको थियो भने अन्तिम खेल सन् २००९ मा दक्षिण अफ्रिकासँग खेलेका थिए ।जेम्स एन्डरसनले आफ्नो पहिलो बल १५ डिसेम्बर २००२ मा २० वर्षको उमेरमा गरेका थिए। यो खेल अस्ट्रेलियाको मेलबर्नमा भएको थियो ।

यस खेलमा एन्डरसनले ६ ओभरमा ४६ रन दिएर १ विकेट लिए । उनले अस्ट्रेलियाका लेजेन्ड एडम गिलक्रिस्टलाई आउट गरेका थिए । एन्डरसनले एकदिवसीय डेब्यू गरेको एक वर्षपछि टेस्ट डेब्यू गरेका थिए। जिम्बावेविरुद्धको खेलमा एन्डरसनले ५ विकेट लिएका थिए । यो खेल इंग्ल्याण्डको लर्ड्समा भएको थियो ।

एन्डरसनले सन् २००७ मा अस्ट्रेलियाविरुद्ध टी–२० डेब्यु गरेका थिए । यो खेल अस्ट्रेलियाको सिड्नीमा भएको थियो । यो खेलमा एन्डरसनले १ विकेट लिए । उनले म्याथ्यु हेडनलाई आउट गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ३ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर