२१ बैशाख २०८२, आइतबार । May 4, 2025

सोमालियामा कार बम विस्फोट, कम्तीमा सय जनाको मृत्यु



एजेन्सी । सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा सय जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय अगाडि कार बम विस्फोट हुँदा १ सय जनाको मृत्यु भएको र ३ सय जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । दुर्घटनास्थलको स्थलगत भ्रमणपछि सोमालियाका राष्ट्रपति हसन सेख मोहमदले विस्फोटमा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गरेका छन् ।

विस्फोटमा विद्यार्थी‚ व्यापारी‚ अभिभावक‚ बालबालिकासमेत परेको भन्दै राष्ट्रपति मोहमदले यसको जिम्मेवारी इस्लामिक समूह अल सबाबले लिनुपर्ने बताएका छन् । पहिलो विस्फोट शिक्षा मन्त्रालय अगाडि रहेको मोगादिसुको व्यस्त सडकमा भएको थियो भने उक्त विस्फोटमा परेकाहरूको उद्धारका लागि मानिसहरू जम्मा भएपछि दोस्रो विस्फोट भएको थियो ।

विस्फोटको कारण भने अझैसम्म खुलेको छैन ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हेटौंडामा सडक भासिँदा बेपत्ता गाडी अझै भेटिएन, खोजी कार्य जारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँ माछापोखरीमा शुक्रबार दिउँसो सडक भासिँदा

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी, अटाएनन् कुशल मल्ल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी जेठ तेस्रो साताबाट

कक्षा १२ को परीक्षा आइतबारदेखि सुरु : ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । देशभरका कक्षा १२ का विद्यार्थीहरूका लागि वार्षिक परीक्षा

डिभी–२०२६ नतिजा सार्वजनिकः कसरी हेर्ने ?

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा