३ आश्विन २०८३, शनिबार । September 19, 2026

नौबिसे–मलेखु सडक बुधबारदेखि १५ दिन दैनिक ५ घण्टा बन्द हुने


२५ असार २०८१, मंगलबार  

7.4k
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्ड १५ दिन दैनिक ५ घण्टा बन्द हुने भएको छ ।

नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) कार्यालयका अनुसार उक्त सडकखण्ड असार २६ गते (बुधबार) देखि साउन ९ गतेसम्म दैनिक राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गरिने भएको हो । उक्त सडकखण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोला पुलहरूको गर्डर लञ्चिङ गरिने भएकाले सडक बन्द गर्न लागिएको हो ।

सडक प्रयोगकर्ताहरूलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा पर्ने बाधालाई मध्यनजर गर्दै सडकखण्डअन्तर्गतका ती स्थानमा सवारी आवागमन बन्द गरिने भएको हो । उक्त अवधिमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारी साधन आवागमन पूर्ण रूपमा रोकिने कार्यालयले सूचनामार्फत जानकारी गराएको छ ।

साथै वैकल्पिक मार्गका रूपमा गल्छी–विदूर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली