४ असार २०८३, बिहिबार । June 18, 2026

बागमती र मेलम्ची नदीले खरताको तह पार गर्यो, अन्य कुन–कुन नदीमा बढ्दैछ पानीको बहाव ?


२२ असार २०८१, शनिबार  

309
Shares

काठमाडौं । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढीले खतराको तह पार गरेको जनाएको छ ।

मेलम्चीको नकोटेमा रहेको स्टेसनले हाल जल सतह बढिरहेको विवरण पठाएको छ । नदीमा पानीको सतह साढे ४ मिटर बढ्दा खतराको तह हुनेमा अहिले झन्डै ५ मिटर जल सतह बढेको र यो बढ्ने क्रममा रहेकोले मेलम्ची, इन्द्रावती, सुनकोसी किनारमा सतर्कता अपनाउन भनिएको छ ।

यस्तै भक्तपुरको हनुमन्ते खोलामा पनि बाढीको मात्रा बढिरहेको छ । १३ सय ९ मिटर जल सतह बढेको र बढ्ने क्रम रहेकोले भक्तपुरका खोला आसपास सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यस्तै बागमती नदीले पनि जल सतह पार गरेको छ । नारायणी नदीमा पनि बाढीको मात्रा बढ्दो क्रममा रहेको मौसम विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

देवघाटमा रहेको स्टेसनले गरेको मापन अनुसार नारायणी नदीले ७ दशमलव ३ मिटर जल सतह पार गर्दा खतराको तहमा हुने अवस्थामा हाल ८ दशमलव ४ मिटर जल सतह पार गरेको छ । यस्तै नारायणघाटमा पनि नारायणी नदीले जल सतह पार गरेको छ । लमजुङको बिमलनगरमा मर्स्याङ्दी नदी र कोशी नदीले बन्गाई क्षेत्रमा खतराको तह पार गरेको छ ।

दिउँसो १ बजेसम्म विभागले दिएको आँकडाअनुसार देशका ४१ स्थानमा भारी वर्षा भइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  २ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा