३ आश्विन २०८३, शनिबार । September 20, 2026

प्राकृतिक प्रकोप

नारायणी नदीले सतर्कता तह नाघ्यो, माडी–ठोरी चल्ने सवारी ठप्प


२२ असार २०८१, शनिबार  

945
Shares

चितवन । शुक्रबारदेखि परेको निरन्तरको बर्षाले देशका ठुला नदीहरुमा जलसतह बढेको छ ।

यो सँगै नारायणी नदीले पनि आफ्नो सतर्कता तह पार गरेको छ । वर्षाका कारण जिल्लाको दक्षिणी भेग माडीका खहरे खोलाहरूमा बाढी आउँदा यातायता सेवा प्रभावित भएको छ । चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बिहान १० बजेर ४० मिनेट जाँदा नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको जनाएको छ ।

जल सतह बढ्दो क्रममा रहेको हुँदा नदी तटका बासिन्दालाई सजग रहन प्रशासनले अपिल गरेको छ । साँझसम्म उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । त्यसैगरी भरतपुर माडी ठोरी हुलाकी सडकमा चल्ने यातायात प्रभावित भएका छन् ।

इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खोलाहरू बढेपछि माडीबाट ठोरी जाने सबै गाडीहरू बन्द भएका छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ११ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली