४ असार २०८३, बिहिबार । June 19, 2026

शनिबार र आइतबार यी जिल्लाहरुमा छ बाढीको खतरा !


२२ असार २०८१, शनिबार  

1.7k
Shares

काठमाडौं । शुक्रबारदेखि परेको निरन्तरको बर्षाले देशका अधिकांश नदीहरुमा पानिको बहाव बढेको छ ।

जसकारण नदीहरुमा आकस्मिक बाढीको जोखिम बढेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले जारी गरेको पछिल्लो मौसम बुलेटिन अनुसार शनिबार अधिक पानि पर्ने सम्भावना रहेको छ । जसका कारणले शनिबार पाल्पा, स्याङ्जा, गुल्मी,अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्न सक्ने चेतावनी दिइएको छ ।

शनिबार र आइतबार वाग्मती, नारायणी, कालीगण्डकी, मर्स्याङ्दी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गर्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै काठमाडौं उपत्यका भित्रका बागमती, विष्णुमती, हनुमन्ते, धोविखोला लगायतका नदीहरुमा पनि जलसतहले खतराको तह पार गर्ने भएकाले सचेत भएर सुरक्षित स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ ।

यी बाहेक देशका पहाडी जिल्लाहरुमा पहिरोको त्रास समेत रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ११ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा