काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न वर्षा मापन केन्द्रमा रातिदेखि नै मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तरको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न खोलामा पानीको सहत बढेको छ । ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।
यस्तै, काठमाडौंका बाग्मती, धोबिखोलालगायत नदीमा पानीको सतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । निरन्तरको वर्षाका कारण केही हवाई उडानसमेत प्रभावित भएका छन् । वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथलबाट हुने केही आन्तरिक उडान प्रभावित भएका हुन् ।
काठमाडौंबाट लुक्ला, सुर्खेत, भरतपुर, पोखरा, भैरहवा र भोजपुरलगायत ठाउँका विभिन्न उडान डिले भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडान भने नियमित छन् ।
प्रतिक्रिया