३ चैत्र २०८२, मंगलबार । March 17, 2026

असार १८ गते मंगलबार दिनभर के–के भयो ?

बालेनको व्यंग्यः काले काले मिलेर खाऊ भाले ! देउवासँग प्रचण्डको हारगुहार ! भ्रष्टाचारी जेगाउने चलखेल ! महानगरमा अख्तियारको छापा ! प्रतीक थापा जेल चलान…


१८ असार २०८१, मंगलबार  

90
Shares

प्रतीक थापा जेल चलान
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो । थापा पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन् । उनलाई केहीदिन अघि मात्र सीआईबीले पक्राउ गरेको थियो ।

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम मंगलबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बालेनको व्यंग्यः काले काले मिलेर खाऊ भाले
संसदका प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने सहमति भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले व्यंग्य गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा दुवै दलका शीर्ष नेताको तस्वीर राख्दै बालेनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’ महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी–स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । केही समयअघि उनले उक्त प्रकरणमा कुनै पनि सत्ता बार्गेनिङ नगरी तत्काल पहलकदमी आवश्यक रहेको बताएका थिए ।

भ्रष्टाचारी जोगाउन समिकरण फेरीयोः रवि लामिछने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । लामिछानेले भने, ‘रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’ उनले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको पनि बताए ।

देउवासँग गुहार माग्दै प्रचण्ड
रातारात समिकरण फेरिएर सरकार ढल्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग सहयोग माग्न पुगे । मंगलबार बिहान बालुवाटारमा एमाले अध्यक्ष ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले देउवालाई फोन गरेको बुझिएको छ । एमाले–कांग्रेसबीच भएको सम्झौता बुझ्न प्रचण्डले देउवालाई फोन गरेको बताइएको छ । देउवाले एमालेसँग सरकार बनाउने सम्झौता भइसकेको र अहिलेलाई सरी भन्दै प्रचण्डलाई जवाफ फर्काएको नेताहरुले बताएका छन् ।

कांग्रेस–एमाले समझदारी लोकतन्त्रका लागि खतरा
नेकपा एकीकृत समााजवादीले कांग्रेस–एमालेबीच भएको सत्ता समीकरणको समझदारीलाई लोकतन्त्रको निम्ति पनि खतरा भएको टिप्पणी गरेका छन् । सत्ताको सम्झौतामा संविधान संशोधनको कुरा गरिएकोमा पनि एकीकृत समाजवादीको विरोध छ । दशौं महाधिवेशनमा व्यस्त एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका छन् । साथै उनले यो गठबन्धन मुलुकलाई अस्थिरताको चक्रव्यूूहमा फसाउने काम भएको पनि बताएका छन् ।

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले अडान कसेका छन् ।

रास्वपा नयाँ सरकारमा नजाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ । मंगलबार बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेपछि सरकार संकटमा परेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् ।

महानगरमा अख्तियारको छापा
पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по