२२ बैशाख २०८२, सोमबार । May 5, 2025

पवन महरा मृत्यु प्रकरणमा भारतले स्विकार गर्‍यो गल्ती



दार्चुला । सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनामा भारतले गल्ती स्वीकार गरेको छ ।

पीडित परिवारसँगको छलफलका क्रममा शनिबार भारतीय पक्षले गल्ती स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए । उनले भारतीय कम्पनीले गल्ती स्वीकार गरेर अरु बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने भने पनि पीडित परिवारले भने उचित क्षतिपूर्ति माग गरेको बताए ।

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा गर्ग एन्ड गर्ग कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२ दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारत गएको थियो ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विष्फोट गराएर ज्यादती गरेकोले यथाशीघ्र यस्तो गतिविधि रोक्न उनीहरुले भारतीय पक्षलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तीन दिनदेखि बेपत्ता युवक खाल्डोमा मृत भेटिए, मोटरसाइकल दुर्घटनाको आशंका

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ शंकरनगरका २० वर्षीय गोपाल टण्डन

महिला टी–२० विश्वकप छनोट: नेपालले पहिलो खेल हङकङसँग खेल्ने

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले आफ्नो

सुनको मूल्यमा फेरि वृद्धि, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा पुनः सामान्य वृद्धि

सातदोबाटो–हात्तीवनमा कार ठोकिँदा पोल ढल्यो, सडक बन्द

ललितपुर । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा गए राति भएको कार दुर्घटनाले

१० रात नागढुंगा–नौबिसे सडक बन्द ! वैकल्पिक बाटो रोज्नुस्

काठमाडौं । नागढुंगा–नौबिसे सडकअन्तर्गत पिप्लामोड खण्ड आगामी दस दिनका लागि