२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कैलालीमा रगतको हाहाकार


१६ असार २०८१, आइतबार  

9
Shares

कैलाली । धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै गएको छ ।

उक्त केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन । सुदूरपश्चिमका पहाडी जिल्लाबाट विभिन्न रोगका बिरामी उपचारका लागि धनगढीमा आउने गरेका छन् । उपचार गर्न अस्पताल भर्ना भएका बिरामीका आफन्तले रगतको खोजीमा सास्ती खेप्नु परेको छ ।

पछिल्लोपटक जिल्लामा रक्तदान कार्यक्रम पनि कम हुन थालेका छन् । हरेक वर्ष गर्मीयाममा रगत अभाव हुने गरेको प्रमुख पन्तले बताए । “रक्त सञ्चार केन्द्रका अनुसार ‘ए पोजेटिभ’ समूहको रगतको अभाव तुलनात्मक रूपमा बढी देखिएको छ । कतिपय समूहको रगत बिरामीका आफन्तले चाहेका बेला पाउने अवस्था छैन”, उनले भने, “हामीले रक्तदाता खोजेर भए दिने प्रयास गर्दै आए पनि सहज रूपमा रगत पाउन ढिला हुन्छ ।”

समयमै रगत नपाउँदा कतिपय बिरामीको शल्यक्रियामा विलम्ब भएको छ । केन्द्रबाट दैनिक ५० देखि ६० युनिट रगत खपत हुँदै आएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ११ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ