२८ मंसिर २०८२, शनिबार । December 14, 2025

विविध सांस्कृतिक प्रदर्शनीः EIMUN 2024 मा संस्कृति र कूटनीति संगै



काठमाडौं । यूथ थिन्कर्स सोसाइटी द्वारा आयोजित एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स (EIMUN) 2024 मा कूटनीति सङ्गै सांस्कृतिक प्रदर्शनी समेत प्रस्तुत गरिएको छ ।

सोमबार देखि काठमाडौंमा सुरु भएको एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्सको नवौँ संस्करण अन्तर्गत मङ्गलबार विभिन्न दश वटा देशबाट सहभागिता जनाउन काठमाडौं आयका युवाहरूले आ–आफ्नो देशको सस्कृती झल्कने गरी प्रस्तुति प्रदर्शन गरेका थिए । सोमबार देखि सुरु भएको यो सम्मेलन शुक्रवार सम्म चाल्ने छ । यस सम्मेलनमा १० देशका २ सय भन्दा बढी युवा प्रतिनिधिहरू सहभागी भएका छन् ।

विविध संस्कृतिहरू, भाषाहरू, परम्पराहरू र इतिहासहरूको पर्व प्रकाश पार्दै, ग्लोबल भिलेज नामक कार्यक्रमको खण्डमा १० देशका युवाहरूले सांस्कृतिक प्रदर्शन गरेका हुन । आफ्नो मातृभूमिलाई प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले परम्परागत सङ्गीत र नृत्य प्रस्तु गरेका थिए । सांस्कृतिक साँझमा नेपालको शान्त कुमारी नृत्यु र श्रीलङ्काको मोहक नृत्यबाट सुरु गरिएको थियो । भारतका प्रतिनिधिले आफ्नो नृत्य मार्फत प्राचीन सांस्कृतिक खजाना प्रस्तुत गरे ।

अन्य देशका प्रतिनिधिहरू आ–आफ्नो देशको   सांस्कृतिक    पोसाकमा सजिएर गर्व र शालीनताका साथ आफ्ना राष्ट्रिय झन्डाहरू फहराएका थिए । परम्परागत प्रदर्शनहरूले EIMUN लाई कूटनीति मात्र नभई सांस्कृतिक आदानप्रदान मार्फत पनि युवाहरूलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेको यूथ थिन्कर्स सोसाइटीका संस्थापक चेवन राईको भनाई छ ।

यूथ थिन्कर्स सोसाइटी द्वारा नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा आयोजित यो पाँच दिने सम्मेलनले युवाहरूलाई मानवीय सुरक्षा सङ्कट र साइबर खतराहरू, राजनीतिक क्षेत्रमा महिलाको सहभागिता, डिजिटल गलत सूचना, कृषि जैविक विविधता संरक्षण, दिगो ऊर्जा र पानी व्यवस्थापन जस्ता विश्वव्यापी समस्याहरूको सामना र समाधान गर्न सशक्त बनाउने उद्देश्य राखेको छ।

सम्मेलनमा बङ्गलादेश, भारत, जापान, सुडान, काजकिस्तान, किर्गिस्तान, नेपाल, म्यानमार, पाकिस्तान, र श्रीलङ्का जस्ता देशका युवाहरुको सहभागिता रहेको छ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले