५ बैशाख २०८३, शनिबार । April 18, 2026

बारा भन्सार प्रहरीमाथि ज्यादतीको आरोप


१२ कार्तिक २०७९, शनिबार  

12
Shares

बारा । भन्सारबाट लिएको प्रवेश प्रमाणपत्र च्यातेर बारा प्रहरीले ज्यादती गर्ने गरेका आरोप लगाइएको छ ।

जाँचका नाउँमा प्रहरी युनिट अगाडि नै बाटो जाम गरी ठाउँठाउँमा दैनिक जाँचको नाउँमा सवारीसाधनलाई रोकेर प्रहरीले दुःख दिने गरेको पीडितहरुको गुनासो छ । जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी पोष्टहरुले अहिले दैनिक जाँच गर्ने गरेका तथा लामो समयसम्म सवारी साधन रोकेर रकम असुल्ने गरेको पीडितहरुले आरोप लगाएका छन् ।

भारतबाट मटिअर्वा छोटी भन्सारबाट नेपाल आएका बिआर ०५–एई–८५५९ नं. को मोटरसाइकल धनीलाई तेलकुअवा प्रहरी चौकीले जाँच गर्दा भन्सारको ‘इन्ट्री’ कागजात च्यातेर फालेको भारत विहार राज्यका डुबहा पञ्चायत दारपा थाना बगही गाउँ निवासी सुबोध कुमार सरार्फले बताए ।

उक्त कागज किन च्यातेको भनी सोध्दा तिमीलाई पनि थुनामा राख्ने जवाफ दिएपछि आफू निराश भएको र जाँचमा खटेका तेलकुअवा प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई जिल्लामा पठाएको उनको भनाई छ । आफूले कुनै कागज नच्यातेको तर मोटरसाइकलको कागज नभएका कारण जिल्लामा पठाएको त्यहाँका प्रहरी सहायक निरीक्षक रामबहादुर यादवले जानकारी दिए ।

कागजपत्र ठीक भए पनि जाँचमा खटेका प्रहरीले रकम असुली कार्यमा लागेको जिल्ला पूर्वीचम्पारण आदापुर औरैया निवासी नैमुदिन आलमको पनि गुनसो थियो । आफूले प्रहरीले बोलेअनुसारको जवाफ दिएकाले बल्लतल्ल प्रहरीले छोडेको उनको भनाइ थियो ।

यसैगरी जाँचका क्रममा खटेका प्रहरीले दुई दिनअघि मात्र कागजपत्र ठीक भएपछि बिहानको यात्राका लागि बोहनी गराई दिनुस् भनी अनुरोध आएपछि रु ३० दिनु परेको महागढीमाई नगरपालिका–४ का दिनेश तिवारीले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित