१९ चैत्र २०८१, बुधबार । April 2, 2025

देशको संविधानलाई गठबन्धनले बचाउँछ : उद्योगमन्त्री बडू



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन्।

मंगलवार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावली लगायतका पर्वहरुको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । उनले तत्कालित सत्तारुढ पार्टीले दुई पटक संसद विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताए। मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको काँग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उनले बताए। उनले काँग्रेस नेतृत्वको गठबन्धनले संविधानलाई बचाउने बताए।

उनले भने – ‘खतराबाट बाँचेका छौँ हामी । यो संविधान बाँचेको छ । यसलाई अझ बचाउनु पर्छ । त्यसकारण बन्यो गठबन्धन । त्यसकारण यो बन्नुपर्ने भइराखेको छ । हामी त प्रतिपक्षमा छँदै थियौँ । हामीले हो र भत्काएको यो ? तर यो भत्किँदा मुलुकमा स्थिरताका लागि र संविधान खतरामा पर्‍यो है कहाँ छ काँग्रेस ? भनेर खोज्नु परेन रु फेरि लिड गर्‍यो । र हामी बचाउँदै छौँ । हाम्रो नेतृत्वमा यो मुलुकको संघीय संसद, प्रादेशिक संसद तयार हुँदैछ । यो संविधान बाँच्छ । यो संविधान बचाउने लडाईं र संविधान समाप्त गर्नेहरुको बीचको एउटा जनमत बन्नसक्छ ।’

उनले नेपाली काँग्रेसले राजनीतिलाई ठिक ठाउँमा पुर्‍याएको बताए । नेपाली काँग्रेस सबैलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्न सफल भएको पनि उनको भनाई छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पत्रकार सुरेश रजकको एक्स–रे भयो, पोस्टमार्टम भोली

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा निधन भएका पत्रकार सुरेश

नेपाल सुपर लिगः धनगढीको विजयी सुरुवात, बुटवल ४–१ ले पराजित

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आफ्नो पहिलो खेलमा सशक्त प्रदर्शन

दुबईबाट भन्सार छली ल्याइएका ल्यापटप र मोबाइलसहित ७ जना पक्राउ

काठमाडौं । दुबईबाट अवैध रूपमा ल्यापटप र मोबाइल भन्सार छली

बहुप्रतिक्षित नेपाली चलचित्र ‘पिताम्बर’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक कृषा चौलागाईंको मल्टिस्टारर–एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा

चलचित्र ‘महाभोज’को नयाँ गीत ‘मख्खै परें’ सार्वजनिक

काठमाडौं । आगामी जेठ १५ गते रिलिजको तयारीमा रहेको चलचित्र