२१ मंसिर २०८२, शनिबार । December 6, 2025

मेलम्चीमा बाढी, बगायो अस्थायी पुल



मेलम्ची । अविरत बर्षासँग मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल बगाएको छ ।

आइतबार रातिदेखिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा रहेको अस्थायी पुल बगाएको हो । २०७८ को बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर अस्थायी पुल बनाइएको थियो सोही पुल पनि आइतबार राति आएको बाढीले बगाएको छ । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ। ह्युम पाइप क्षति भएसँगै मेलम्ची–९ दुवाचौर , केउरानी , बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ।

पुल बगाएपछि ती ठाउँहरूमा जान थप १५ किलोमिटर घुम्नुपर्ने अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकको ढुंगेमा पछिल्लो १२ घन्टा १ सय ५९ मिलिमिटर पानी परेको छ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको