१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

सिधाकुरा डटकम विरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने



काठमाडौं । सिधाकुरा डटकममा प्रसारित समाचार र अडियोका विषयमा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

बुधबार न्यायाधीशहरू कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले न्यायिक व्याख्याको आवश्यकता भएको उल्लेख गर्दै बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि आदेश गरेको हो । आदेशमा भनिएको छ, “प्रस्तुत मुद्दामा पेस हुन आएको भिडियो क्लिप, मोबाइल फोनमा डाउनलोड गरिएको विवादित संवादका सम्बन्धमा वैज्ञानिक परीक्षण प्रतिवेदनबाट उक्त संवाद कपोकल्पित रूपमा सृजित भई सोही विवादस्पद संवादको आधारमा सर्वोच्च अदालतका न्यायाधीश, विद्वान् कानुन व्यवसायी, सञ्चार क्षेत्र एवं सम्मानित व्यक्तित्वउपर लाञ्छना लगाउने, मानमर्दन गर्ने कार्य भएको हो वा होइन रु तथ्यपरक एवं सत्य, साँचो विचार र अभिव्यक्ति स्वतन्त्रता एवं प्रकाशन स्वतन्त्रतासमेतका समूल पक्षको ठोस र उपयुक्त तवरबाट न्यायिक व्याख्या भई दीर्घकालीन पक्षसमेत निर्देश हुनुपर्ने आवश्यकता छ ।”

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले अदालतलाई बुझाएको प्रतिवेदनमा सिधाकुराले प्रसारण, प्रकाशन गरेको अडियो मिथ्या रहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको