३ माघ २०८१, बिहिबार । January 16, 2025

चितवनमा जिप दुर्घटना, ६ भारतीय पर्यटक घाइते



चितवन । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् ।

कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै भारतको महाराष्ट्र प्रान्तको मुम्बईको बेण्डाली थानाका रहेका प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीया रेखारामचन्द्र जादव, ६० वर्षीय सुदेशशङ्कर खाडिया, ६४ वर्षीय विजय मोरे, ५८ वर्षीया वैशाली गुप्तेश्वर तथा ६२ वर्षीय पङ्कज गुप्तेश्वर रहेका छन् । घाइते पर्यटकको रत्ननगर र भरतपुरका अस्पतालमा पचार भइरहेको छ ।

चितवनको रत्ननगर नगरपालिका–४ घर भएका चालक ४५ वर्षीय सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  २ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल प्रहरी क्लबले जय

पीएम कप महिला क्रिकेटः गण्डकी र कर्णालीबीचको खेल रद्द

धनगढी । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत गण्डकी प्रदेश

तोलामा १ हजार २ सयले बढ्यो सुनको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

बुटवल । रुपन्देहीको कपिलवस्तुमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई

आजको विनिमयदरः धेरै दिनपछि घट्यो अमेरिकी डलर, अन्य देशको मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको