२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

धनगढीको तापक्रम १२ बर्ष यताकै उच्च मापन



धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको तापक्रम ४४ दशमलव १ डिग्री नाघेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार आज दिउँसो पौने ३ बजे अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३०.२ डिग्री सेल्सियस मापन गरिएको हो। बुधबार यहाँको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस पुगेको थियो। १६ जुन, सन् १९९५ मा कैलालीमा सबैभन्दा बढी अधिकतम तापक्रम ४६.४ डिग्री मापन भएको हो । गर्मी अत्यधिक बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ।

केही दिनयता तातो हावा चल्न थालेको छ। गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले यही २४ जेठसम्म नगरका सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यसबाहेक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई–मधेश क्षेत्र गर्मीको चपेटामा परेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ४ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको