४ असार २०८३, बिहिबार । June 18, 2026

धनगढीको तापक्रम १२ बर्ष यताकै उच्च मापन


१७ जेष्ठ २०८१, बिहिबार  

24
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको तापक्रम ४४ दशमलव १ डिग्री नाघेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार आज दिउँसो पौने ३ बजे अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३०.२ डिग्री सेल्सियस मापन गरिएको हो। बुधबार यहाँको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस पुगेको थियो। १६ जुन, सन् १९९५ मा कैलालीमा सबैभन्दा बढी अधिकतम तापक्रम ४६.४ डिग्री मापन भएको हो । गर्मी अत्यधिक बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ।

केही दिनयता तातो हावा चल्न थालेको छ। गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले यही २४ जेठसम्म नगरका सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यसबाहेक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई–मधेश क्षेत्र गर्मीको चपेटामा परेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ४ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा