२१ मंसिर २०८२, शनिबार । December 6, 2025

कोलकातालाई तेस्रो पटक आइपीएलको उपाधि



एजेन्सी । सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि हात पारेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले हैदराबादलाई ८ विकेटले पराजित गरेको हो । हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १०.३ ओभरमा पछ्यायो । कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएल उपाधि जितेको थियो ।

सन् २०२१ को फाइनलमा पुगेपनि टोली उपाधिबाट वञ्चित बनेको थियो । कोलकाताका लागि वेंकटेश ऐयरले नटआउट रहँदै ५२ रन बनाए । उनले २६ बलमा ४ चौका र ३ छक्का हिर्काए । उनलाई ३२ बलमा ३९ रन बनाउँदै रहमानुल्लाह गुरबाजले राम्रो साथ दिए । हैदराबादका लापि प्याट कमिन्स र शहबाज अहमदले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको