४ असार २०८३, बिहिबार । June 18, 2026

चितवनमा निर्वाचनसम्बन्धी गोष्ठी सुरु


९ कार्तिक २०७९, बुधबार  

6
Shares

चितवन । चितवनमा निर्वाचन सामग्री तथा वित्तीय व्यवस्थापन र नमूना मतदाता शिक्षा सम्बन्धी दुई दिने गोष्ठी बुधबारदेखी शुरु भएको छ ।

निर्वाचन आयोगको आयोजना र जिल्ला निर्वाचन कार्यालय चितवनका समन्वयमा गोष्ठी सुरु भएको हो । गोष्ठीको उद्घाटन गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचन व्यवस्थित रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । नमूना मतदाता शिक्षाबारे प्रकाश पार्दै उनले मतदानको १५ दिनअघि घरदैलो कार्यक्रम गरिने बताए ।

जिल्ला मतदाता शिक्षा समिति, स्थानीय स्तरमा स्थानीय मतदाता शिक्षा समितिले मतदाता शिक्षाको काम गर्ने उनले जानकारी दिए । आयोगमा हालसम्म गरेका काम र भावी कार्यक्रमका बारेमा पनि उनले जानकारी दिएका छन् । गोष्ठीमा गण्डकी प्रदेशका सबै जिल्ला र बागमती र मधेश प्रदेशका चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट र सिन्धुलीका निर्वाचनमा खटिने नायब सुब्बा र लेखापालहरु गरी ३५ जना गोष्ठीमा सहभागी भएका थिए ।

सहभागीलाई निर्वाचन आयोगका उपसचिव प्रदीप भट्टराई, लेखा अधिकृत विष्णुप्रसाद न्यौपाने र शाखा अधिकृत प्रकाश भण्डारीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा