७ चैत्र २०८२, शनिबार । March 21, 2026

म कालो विरालो…



विरालोको जन्म लिनु के मेरो गल्ति थियो ?
अझ कालो विरालोको रुप मेरो इच्छ्या थियो ?
न जन्म, न यो रुप,
न मलाई यिनको अस्थित्वको ज्ञान छ,
न त तिम्रो दुनियाँको दुनियाँदारी नै,
तर, रहेछ उत्पत्तिमै घेरिएको घृणाको जालो,
म कालो विरालो !

म मुसाको पछि पछि लाग्छु…
जानेर त होइन,
नजानेरै म मानव सेवामा तल्लिन छु ।
आश लाग्छ नि तिन सुर्को दुध सुर्काउने,
अगेना र तिम्रो शरिरको न्यानोमा यो मन फुर्काउने ।
तर, वरिपरी पर्नै दिन्नौ
जब माया गर्ने आउँछ तिम्रो पालो ।
हो, तिमी मानवबाट हेलित म कालो विरालो !

ए अचम्म !
तिमी हिड्ने बाटो छ, म हिँड्ने खोई ?
तिम्रो बाटो र मेरो बाटो एकै,
तिमीले बाटो काट्दा त मैले केहि भन्दिन,
अनि, म मेरो बाटो हिड्दा पनि,
हेला भाव आक्रोश र त्रास किन ?
ए मानव कहिले खोल्छौं तिमी
आँखामा बाँधिएको कुविचारको टालो ।
तिम्रो कालो सोचले निमोठिएको म कालो विरालो !

भोकले छट्पटिदै म,
कहिले साथको लागि रुन्छु,
कहिले भातको लागि ।
मेरो पीडा व्यक्त गर्ने रुवाई,
तिम्रा लागि अलक्षणको संकेत कसरी ?
लिएर तिम्रो ढुंगाले दिएको चोट आलो
रुँदै रुँदै हिडेको म कालो विरालो !

मानवले मानवलाई त बाँकी राखेनन्,
म त विना विवेकको प्राणी,
हुन त, बोल्न नसक्ने ति विचरी पनि,
म जस्तै त रहेछिन् ।
बोक्सी भन्दै तिनलाई दिएको यातना,
यसमा पनि म मुछिए
म उसको आधा शक्ति रे !

त्यो कालो रात,
मेरो अस्थित्व मेटियो !
गाउँमा पानी पर्छ र अलक्षिण हट्छ भन्दै,
लामो चुच्चे फलामले
मेरो शरिरबाट वारपार हुनेगरि उदिनियो ।
पीडाले छट्पटिएको मैले,
त्यस दिन कोहिको आँखामा रिसको अंगार,
केहिकोमा सन्तुष्टि, केहिकोमा आशा,
त केहिमा हर्षभाव देखे पालै पालो ।
यस्तै,यस्तै तिम्रा वेकार भावले,
त्यस दिन विना गल्ति मारिएको,
म कालो विरालो…

चलचित्र ‘बोक्सिको घर’ को एक दृश्यबाट प्रेरित

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ५ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो