२१ बैशाख २०८२, आइतबार । May 4, 2025

मौसम पूर्वानुमानः पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव



काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेश लगायत कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजको सुनचाँदी बजार: सुन महँगियो, सस्तियो चाँदी

काठमाडौं । आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल

बर्षाले बगायो डाइभर्सन, कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

हेटौंडा । निरन्तर वर्षाका कारण बगुवा खण्डमा बागमती खोलामा बनाइएको

नागढुङ्गा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द हुने

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–पिप्लामोड सडक खण्डमा सुधार तथा

हेटौंडामा सडक भासिँदा बेपत्ता गाडी अझै भेटिएन, खोजी कार्य जारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँ माछापोखरीमा शुक्रबार दिउँसो सडक भासिँदा

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको