२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

आजबाट नेपाल संवत् ११४३ सुरु



काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यस संवत्‌लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुआत गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।

नेपाल संवत्‌लाई ​ नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्‌समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा ड्यामसाइड नजिकै बिहीबार साँझ

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी वायुको प्रभाव बढ्दोः आज कुन-कुन ठाउँमा छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव

भारत–पाकिस्तान तनावः २४ विमानस्थल बन्द, सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

काठमाडौं । भारतले हालै सञ्चालनमा ल्याएको ‘अपरेशन सिन्दूर’ पश्चात् भारत–पाकिस्तानबीचको