११ बैशाख २०८२, बिहिबार । April 24, 2025

आज गोवर्द्धन, बलि, गोरु पूजा गरिदैं



काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मनाइँदैछ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने परम्परा रहि आएको छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धार्मिक मान्यता रहिआएको छ ।

त्यस्तै भगवान् विष्णुले बलि राजालाई यमपञ्चकको पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि पूजा आराधना गरिन्छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

गोरुलाई देवाधिदेव महादेवको वाहनअर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाउने परम्परा रहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एमसीसी परियोजना सदाका लागि बन्द गर्दै अमेरिका

एजेन्सी । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना बन्द हुने

१८ औं स्थापना दिवसमा सशस्त्र प्रहरी गण बाराको भव्य कार्यक्रम

बारा । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर,

सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, आज तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्यमा

बुटवलका सुदीप न्यौपानेको शव घर पुग्यो, त्रिवेणीमा अन्त्येष्टि गरिने

बुटवल । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस विविध कार्यक्रमहरूसहित मनाइँदैछ।