७ चैत्र २०८२, शनिबार । March 21, 2026

सजिना मिस्टर एण्ड मिस नेशनलमा प्रतिस्पर्धा गर्दै


१० बैशाख २०८१, सोमबार  

327
Shares

काठमाडौं । मिस टिन २०१७ कि विजेता सजिना खनाल मिस्टर एण्ड मिस् नेशनल सौन्दर्य प्रतियोगितामा सहभागी भएकी छिन् ।

सन् २०२३ मा आयोजित मिस टुरिज्मको उपाधी समेत जितिसकेकी सजिना मिस्टर एण्ड मिस नेशनलमा पनि प्रतिस्पर्धा गर्न लागेकी हुन् । प्रतियोगिता सानोर्भी इन्टरनेशनले गर्न लागेको हो। आयोजकका अनुसार सौर्न्दर्य प्रतियोगितामा करिव २९ जना युवा युवतीहरुले प्रतिस्पर्धा गर्दैछन् । सौर्न्दर्य प्रतिस्पर्धामा सहभागी हुनुको कारण खोल्दै सजिनाले भनिन् ‘प्रतियोगितामा महिला र पुरुषको बीचमा प्रतिस्पर्धा हुने र उनीहरू मध्ये जो कोही पनि विजेता हुने भएकोले यसमा बेग्लै रोमाञ्चकता हुने बिश्वासका साथ म सहभागी भएकी हुँ ।’

सजिनाले सौर्न्दर्य प्रतियोगिता आम सौन्दर्य प्रतियोगिता भन्दा फरक रहेको पनि उल्लेख गरिन् । यसमा युवा र युवती दुबैले टाइटलका लागि प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धाबाट तीन फरक फरक टाइटलमा विजेता घोषणा हुने भएकोले आफ्नो अन्तरनिहित विशेष प्रतिभालाई पहिचान गर्न सजिलो हुने उनको धारणा छ ।

आयोजकका अनुसार प्रतियोगी मध्येबाट मिस्टर एण्ड मिस सुप्रा नेशनलु, मिस्टर एण्ड मिस कन्टिनेन्टल र मिस्टर एण्ड मिस ग्लो को छनौट गरिनेछ । विजेताले उपाधी सहित रु पाँच लाख नगद र अन्य उपहारहरु पाउनेछन् । बिजयी प्रतिस्पर्धीले यसै वर्ष अन्त्य सम्ममा युरोपका विभिन्न शहरहरुमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा भाग लिने अवसर समेत पाउनेछन् । प्रतिस्पर्धीहरुलाई दुई चरणमा छनौट गरिनेछ ।

प्रथम चरणमा अनलाइन भोटिङ मार्फत सबैभन्दा बढी भोट पाउनेहरु मध्ये माथिल्ला ५ जना ग्राण्ड फिनालेमा पुग्नेछन्। त्यसपछि आगामी मे १ मा काठमाडौको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने विशेष समारोहमा ग्राण्ड फिनाले मार्फत विशेषज्ञहरु सम्मीलित जुरीद्वारा बिजेताहरुको घोषणा हुनेछ । अहिले तालिम चरणमा रहेकी सजिनाले आफू कन्टेस्टेन्ट नं २१ रहेकोे बताउँदै सबैजनालाई सक्दो भोटिङ गरिदिन आग्रह गरिन् ।

उनले खल्ती एप मार्फत भोटिङ गर्न सकिने बताइन् । उनले हाल सर्लाहीको हरिवन स्थित अनाथ बाल आश्रममा आफ्नो क्षमता अनुसार सक्दो सहयोग गरिरहेको बताउँदै मिस्टर एण्ड मिस नेशनलको बिजयेता बनेर आफ्ना समाजसेवी स्वर्गीय पिता सरोज खनालले स्थापना गरेको सर्लाही हरिवनमा रहेकोे उक्त अनाथ बाल आश्रमलाई अत्याधुनिक र थप सुबिधासम्पन्न बनाउनेतर्फ थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरिन्।

समाजमा समस्याग्रस्त रूपमा रहेका बालबालिकाहरुको उत्थानमा आफ्नो प्रयासहरु केन्द्रित रहने योजना सजिनाको छ । गत बर्ष श्रीलङ्कामा आयोजित मिस वर्ल्ड टुरिज्ममा मिस फ्रेन्डसीप उपाधी जितेकी सजिनाले भारत,चीन, ताइवान ,फिलिपिन्स, कोरिया, मंगोलियाको भ्रमणबाट प्राप्त एक्स्पोजरले आफ्नो आत्मबिश्वास बढेको पनि दावी गरिन् । बिभिन्न सौर्न्दर्य र उपभोग्य सामग्रीको बिज्ञापनको अनुभव समेत रहेकी सजिना भन्छिन् ,मलाई अधिकतम भोटिङ गरेर जिताइदिनुस म नेपाललाई बिश्वमै एक सम्मानित राष्ट्रको रूपमा चिनाउन लागिपर्नेछु।

उनले थपिन्,मुलुकका कमजोर बर्गका मानिसको उत्थानमा समर्पित हुनेछु। हाल काठमाडौको एक प्रतिष्ठित क्याम्पसमा बि बि ए अन्तिम सेमेस्टरकी विद्यार्थी रहेकी सजिना एक निजी कंपनीमा जनसम्पर्क अधिकारीको रूपमा कार्यरत छिन् । सौर्न्दर्य प्रसाधनको आफ्नै अनलाइन ब्यबसाय पनि संचालन गरिरहेकी र सजिना भन्छिन् ,कुनै न कुनै सिर्जनात्मक र उत्पादनमूलक काम गरिरहनुपर्छ भन्ने मेरो स्वर्गीय पिताजीको भावलाई चरितार्थ गर्न म हरपल सकृय रहिरहनेछु।

लायन्स क्लब र सर्भिस फर पिस नेपाल नामक बिश्व प्रशिद्ध संघ संस्था मार्फत समाजसेवामा तल्लीन आमा जिन्तु नकर्मी खनाललाई नैतिक र आत्मिक बल प्रदान गर्नका लागि पनि आफूले मिस्टर एण्ड मिस नेशनल उपाधी प्राप्तिलाई लक्षित गरेको बताइन् बहुप्रतिभायुक्त सुन्दरी सजिना खनालले ।

श्री लंकामा आयोजित मिस वर्ल्ड टुरिज्ममा टप टेन मा पुगेको र मिस एलिगेन्स उपाधि जितेकि छिन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो