१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

सजिना मिस्टर एण्ड मिस नेशनलमा प्रतिस्पर्धा गर्दै



काठमाडौं । मिस टिन २०१७ कि विजेता सजिना खनाल मिस्टर एण्ड मिस् नेशनल सौन्दर्य प्रतियोगितामा सहभागी भएकी छिन् ।

सन् २०२३ मा आयोजित मिस टुरिज्मको उपाधी समेत जितिसकेकी सजिना मिस्टर एण्ड मिस नेशनलमा पनि प्रतिस्पर्धा गर्न लागेकी हुन् । प्रतियोगिता सानोर्भी इन्टरनेशनले गर्न लागेको हो। आयोजकका अनुसार सौर्न्दर्य प्रतियोगितामा करिव २९ जना युवा युवतीहरुले प्रतिस्पर्धा गर्दैछन् । सौर्न्दर्य प्रतिस्पर्धामा सहभागी हुनुको कारण खोल्दै सजिनाले भनिन् ‘प्रतियोगितामा महिला र पुरुषको बीचमा प्रतिस्पर्धा हुने र उनीहरू मध्ये जो कोही पनि विजेता हुने भएकोले यसमा बेग्लै रोमाञ्चकता हुने बिश्वासका साथ म सहभागी भएकी हुँ ।’

सजिनाले सौर्न्दर्य प्रतियोगिता आम सौन्दर्य प्रतियोगिता भन्दा फरक रहेको पनि उल्लेख गरिन् । यसमा युवा र युवती दुबैले टाइटलका लागि प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धाबाट तीन फरक फरक टाइटलमा विजेता घोषणा हुने भएकोले आफ्नो अन्तरनिहित विशेष प्रतिभालाई पहिचान गर्न सजिलो हुने उनको धारणा छ ।

आयोजकका अनुसार प्रतियोगी मध्येबाट मिस्टर एण्ड मिस सुप्रा नेशनलु, मिस्टर एण्ड मिस कन्टिनेन्टल र मिस्टर एण्ड मिस ग्लो को छनौट गरिनेछ । विजेताले उपाधी सहित रु पाँच लाख नगद र अन्य उपहारहरु पाउनेछन् । बिजयी प्रतिस्पर्धीले यसै वर्ष अन्त्य सम्ममा युरोपका विभिन्न शहरहरुमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा भाग लिने अवसर समेत पाउनेछन् । प्रतिस्पर्धीहरुलाई दुई चरणमा छनौट गरिनेछ ।

प्रथम चरणमा अनलाइन भोटिङ मार्फत सबैभन्दा बढी भोट पाउनेहरु मध्ये माथिल्ला ५ जना ग्राण्ड फिनालेमा पुग्नेछन्। त्यसपछि आगामी मे १ मा काठमाडौको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने विशेष समारोहमा ग्राण्ड फिनाले मार्फत विशेषज्ञहरु सम्मीलित जुरीद्वारा बिजेताहरुको घोषणा हुनेछ । अहिले तालिम चरणमा रहेकी सजिनाले आफू कन्टेस्टेन्ट नं २१ रहेकोे बताउँदै सबैजनालाई सक्दो भोटिङ गरिदिन आग्रह गरिन् ।

उनले खल्ती एप मार्फत भोटिङ गर्न सकिने बताइन् । उनले हाल सर्लाहीको हरिवन स्थित अनाथ बाल आश्रममा आफ्नो क्षमता अनुसार सक्दो सहयोग गरिरहेको बताउँदै मिस्टर एण्ड मिस नेशनलको बिजयेता बनेर आफ्ना समाजसेवी स्वर्गीय पिता सरोज खनालले स्थापना गरेको सर्लाही हरिवनमा रहेकोे उक्त अनाथ बाल आश्रमलाई अत्याधुनिक र थप सुबिधासम्पन्न बनाउनेतर्फ थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरिन्।

समाजमा समस्याग्रस्त रूपमा रहेका बालबालिकाहरुको उत्थानमा आफ्नो प्रयासहरु केन्द्रित रहने योजना सजिनाको छ । गत बर्ष श्रीलङ्कामा आयोजित मिस वर्ल्ड टुरिज्ममा मिस फ्रेन्डसीप उपाधी जितेकी सजिनाले भारत,चीन, ताइवान ,फिलिपिन्स, कोरिया, मंगोलियाको भ्रमणबाट प्राप्त एक्स्पोजरले आफ्नो आत्मबिश्वास बढेको पनि दावी गरिन् । बिभिन्न सौर्न्दर्य र उपभोग्य सामग्रीको बिज्ञापनको अनुभव समेत रहेकी सजिना भन्छिन् ,मलाई अधिकतम भोटिङ गरेर जिताइदिनुस म नेपाललाई बिश्वमै एक सम्मानित राष्ट्रको रूपमा चिनाउन लागिपर्नेछु।

उनले थपिन्,मुलुकका कमजोर बर्गका मानिसको उत्थानमा समर्पित हुनेछु। हाल काठमाडौको एक प्रतिष्ठित क्याम्पसमा बि बि ए अन्तिम सेमेस्टरकी विद्यार्थी रहेकी सजिना एक निजी कंपनीमा जनसम्पर्क अधिकारीको रूपमा कार्यरत छिन् । सौर्न्दर्य प्रसाधनको आफ्नै अनलाइन ब्यबसाय पनि संचालन गरिरहेकी र सजिना भन्छिन् ,कुनै न कुनै सिर्जनात्मक र उत्पादनमूलक काम गरिरहनुपर्छ भन्ने मेरो स्वर्गीय पिताजीको भावलाई चरितार्थ गर्न म हरपल सकृय रहिरहनेछु।

लायन्स क्लब र सर्भिस फर पिस नेपाल नामक बिश्व प्रशिद्ध संघ संस्था मार्फत समाजसेवामा तल्लीन आमा जिन्तु नकर्मी खनाललाई नैतिक र आत्मिक बल प्रदान गर्नका लागि पनि आफूले मिस्टर एण्ड मिस नेशनल उपाधी प्राप्तिलाई लक्षित गरेको बताइन् बहुप्रतिभायुक्त सुन्दरी सजिना खनालले ।

श्री लंकामा आयोजित मिस वर्ल्ड टुरिज्ममा टप टेन मा पुगेको र मिस एलिगेन्स उपाधि जितेकि छिन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको