६ असार २०८३, शनिबार । June 20, 2026

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित


२८ चैत्र २०८०, बुधबार  

6
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले अवरोध गरेपछि स्थगन भएको छ ।

प्रतिपक्षी सांसदहरुले उक्त प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने र संसदस्यीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर आ–आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले उठेका विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै बैठक सञ्चालनमा सघाउन आग्रह गरेका थिए ।

तर विपक्षी सांसद्ले बैठक चल्ने नदिने अडान लिएपछि सभामुख घिमिरेले आजका लागि निर्धारित कार्यसूची हटाइ बैठक स्थगन गरेका हुन् । बैठकको प्रारम्भमै प्रतिपक्ष दलका सांसदहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका कारण सहकारीपीडितले न्याय पाउन नसकेको आरोप लगाए भने सत्तापक्षका सांसदहरुले बिना आधार व्यक्तिकेन्द्रित भएर प्रहार नगर्न आह्वान गरेका थिए ।

कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेका कारण पोखराको सूर्यदर्शन सहकारीका पीडितलाई न्याय दिन र त्यसमाथि छानबिन गर्न बाधा उत्पन्न भएकोमा आशङ्का व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको बचतकर्ताको बचत अपचलनको विषय ठगीको विषय भएको भन्दै बचतकर्ता नठगिने स्थितिको सुनिश्चितता सरकारले गर्नुपर्ने माग गरे ।

उनले सूर्यदर्शन सहकारीको विषय अदालतमा विचाराधीन भएका कारण सदनमा बहस नगर्नसमेत सुझाव दिए । सांसद माधवप्रसाद सापकोटाले संसद्को बहसलाई राजनीतिक दलका नेता एवं सांसदहरुलाई आपसमा विवाद र आरोप लगाउनमा समय खेर फाल्न नहुनेभन्दै सचेत गराए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले सदनमा बिना आधार व्यक्ति केन्द्रित भएर प्रहार गर्न नहुने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री लामिछानेले निशेधाज्ञा जारी गर्नु अभिव्यक्तिको स्वतन्त्रतामा प्रहार गरेको आरोप लगाए ।

उनले मङ्गलबार राप्रपाको प्रदर्शनीमा आफ्ना कार्यकर्तामाथि गृहमन्त्रालयबाट ज्यादति भएको समेत आरोप लगाए । तिनिधिसभाको अर्को बैठक आगामी वैशाख २ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा