२१ बैशाख २०८२, आइतबार । May 4, 2025

प्रेम गित ३ को निर्माण टिमले गर्यो बालगृहका बालबालिकालाई सहयोग

एक बर्षको स्कुल फि र लत्ताकपडा उपलब्ध गराउने



काठमाडौं । ‘प्रेम गीत ३’ को टिमले आफ्नो फिल्मको सफलता र खुसी फरक परिवेशमा अनि फरक व्यक्तिहरुका साथमा मनाएको छ ।

चलचित्र टिमले बुढानिलकण्ठमा रहेको बाल गृह महासंघ नेपालमा बस्दै आएका ५५ जना बाल बालिकाहरुको साथमा देउसीभैलो खेली, उनीहरु सँगै बसेर खानपान खुशी साटासाट् गरी मनाएका हुन । यो अबसरमा टिमले बालगृहमा बस्दै आएका सम्पुर्ण बालबालिका हरुलाई १ बर्षसम्म लाग्ने स्कुल फि, उनीहरु सबैका लागि लत्ताकपडा, सिरक तथा डसना प्रदान गरेको छ ।

तिहारको लक्ष्मीपूजाको दिनको अवसर पारेर अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङ, निर्माता तथा निर्देशक सन्तोष सेन लगायत प्रेमगीत ३ को टिम बालगृह पुगेको थियो । सोही अवसरमा आशुसेन फिल्म्सले बालगृहको जीर्ण भवनको मर्मतसम्भार तथा रंगरोगन पनि गरिदिएको थियो ।

निर्माता सेनले विज्ञप्तिमा भनेका छन्, ‘यो उत्सव कुनै फाइभस्टार होटलको भन्दा कम थिएन । बालगृह महासंघको भवन जीर्ण अवस्थामा थियो, हाम्रो टिमले घरलाई मर्मतसम्भार गरेर रंगरोगन गरेर उज्यालो पार्दै गर्दा छुट्टै किसिमको खुसी प्राप्त भएको छ,।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ४ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंसहित देशभर वर्षा: तीन दिनसम्म मौसम बदली रहने अनुमान

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ। मौसम

आजको सुनचाँदी बजार: सुन महँगियो, सस्तियो चाँदी

काठमाडौं । आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल

बर्षाले बगायो डाइभर्सन, कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

हेटौंडा । निरन्तर वर्षाका कारण बगुवा खण्डमा बागमती खोलामा बनाइएको

नागढुङ्गा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द हुने

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–पिप्लामोड सडक खण्डमा सुधार तथा

हेटौंडामा सडक भासिँदा बेपत्ता गाडी अझै भेटिएन, खोजी कार्य जारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँ माछापोखरीमा शुक्रबार दिउँसो सडक भासिँदा