२४ चैत्र २०८१, सोमबार । April 7, 2025

मेडिकल टुरिजमको सम्भावना बोकेको झापा



नेपालको सुदूरपूर्वमा अवस्थित झापा जिल्ला, मेडिकल फिल्डमा फड्को मार्ने क्रममा छ ।

हालसालै सम्मानीय सर्वोच्च अदालतको आदेशबाट विर्तामोड को वी एण्ड सी मेडिकल कलेजले सम्बन्धन पाउने बाटो खोलेको छ । यसले अब भारतीय मेडिकल विद्यार्थीलाई नेपालको पूर्व क्षेत्रमा आकर्षित गर्ने छ । अस्पतालको कमाई मात्र नभएर स्थानिय होटल, रेष्टुरेन्ट लगायतमा पनि मनग्य रुपले रोजगारी तथा आयस्रोत बढ्ने देखिन्छ ।

यसको साथसाथै पूर्वञ्चल क्यान्सर अस्पताल पूर्वका क्यान्सर विरामी को सेवामा समर्पित छ । यहाँ भारतको सिमावर्ती क्षेत्र लगायत सिक्किमबाट पनि क्यान्सर रोगको उपचार गराउन आउने गर्दछन् । अर्को छ मेचि आँखा अस्पताल। यस अस्पतालमा भारतको पश्चिम बङ्गाल बाट थुप्रै विरामी आउने गर्छन ।

अस्पतालमा अंग्रेजीका साथसाथै बंगाली भाषा समेत प्रयोग गरिएको देख्न सकिन्छ । वरपरका मेडिकल पसल, होटलहरुमा बंगाली लिपी प्रष्टसँग अधिक मात्रामा प्रयोग भएको देख्न सकिन्छ । यसका अलावा अरु अस्पतालहरुले पनि झापा को विर्तामोड, दमक लगायत अन्य क्षेत्रमा सेवा दिइराखेको देख्न सकिन्छ ।

यहाँ अवस्थित अस्पताललाई व्यवस्थित गर्दै सरकार तथा नीजि क्षेत्रले त्यही अनुसारको व्यवस्थापन तथा भारतमा प्रचार प्रसार गरेको खण्डमा नेपालमा भारु भित्रने निश्चित देखिन्छ । मेडिकल व्यवसायीको मात्र नभएर साना तथा ठुला व्यापारिको समेत चुलो बल्ने पक्का छ । यहाँ नभएका अरु सेवा पनि थप्दै त्यही अनुसारका विशेषज्ञ तथा स्वास्थ्य कर्मचारीको दरवन्दी सिर्जना गरेमा सिंगो जिल्ला लाई टेवा पुग्ने देखिन्छ ।

झापालाई अब मेडिकल हब को नयाँ परिचय बनाउनु पर्दछ…

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अन्जना रानामगर अब एपिएफ क्लबमा

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले अब

डोटीमा मिनी ट्रक दुर्घटनाः २७ वर्षीय युवकको मृत्यु, एक जना घाइते

डोटी । सोमबार दिउँसो साढे १२ बजे डोटीको बडीकेदार गाउँपालिका–३

टीभीएसको नयाँ बर्ष अफरः ‘नयाँ युगको सवारी’ स्कीममा आकर्षक छुट र सुविधा

काठमाडौं। नयाँ वर्ष २०८२ को अवसरमा टीभीएस मोटरसाइकलको आधिकारिक वितरक,

साता सुरूमै सेयर बजारमा ३२ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

नीलम ढुंगाना तिम्सिना राष्ट्र बैंकको कार्यबाहक गभर्नर नियुक्त

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंकको