२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

कर्णाली सरकारः प्रचण्डको निर्देशन नमान्ने मुडमा मुख्यमन्त्री शर्मा



सुर्खेत । सत्ता गठबन्धनको सोमबार बसेको बैठकले कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने सहमति भएको छ ।

सोही अनुसार नै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री शर्मालाई निर्देशन दिएका छन् । तर, कर्णलीका मुख्यमन्त्री शर्मा भने मंगलबारको प्रतिनिधिसभामा विश्वासको मत लिने तयारीमा जुटेका छन् ।

प्रचण्डको निर्देशनलाई इन्कार गर्दै मुख्यमन्त्री शर्मा आफ्नो तरिकाले विश्वासको मत लिने बाटोमा अघि बढेपछि यतिबेला कर्णाली माओवादीमा विवाद चुलिएको छ । केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएपछि २२ फागुनमा तत्कालीन सत्ता साझेदार कांग्रेसले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार प्रदेश सभाबाट विश्वासको मत लिने गरी आइतबार मुख्यमन्त्री शर्माले संसद् सचिवालयलाई पत्र समेत पठाएका थिए ।

मुख्यमन्त्रीको पत्र अनुसार नै संसद् सचिवालयले मंगलबार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको