२२ माघ २०८२, बुधबार । February 4, 2026

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टिम घोषणा



बैतडी । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।

राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । टोलीको उपकप्तानमा वसन्त खत्री र अन्य सदस्यमा वीरेन्द्र नाथ, गजेन्द्र बोहरा, शेर मल्ल, नारायण जोशी, वसन्त कार्की, हेमन्त धामी, मिलन बोहरा, दीपक टमटा, नरेन साउद, कैलाश ऐर, टेक रावल र गजेन्द्र भण्डारी छन् ।

साथै खड्कबहादुर बोहरा, वीरेन्द्र बम, कृष्ण भट्ट र स्मिथ बुढा वैकल्पिक खेलाडीका रूपमा छनोट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । कैलाली र कञ्चनपुरमा असोज ३१ देखि कात्तिक ६ गतेसम्म सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोली घोषणा गरिएको जनाइएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १३ गतेदेखि काठमाडौँमा हुँदैछ । सुदूरपश्चिमले पहिलो खेल कात्तिक १४ गते गण्डकी प्रदेशसँग खेल्दैछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल