२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

रोकिएन बालश्रम, पोखरामा मात्रै एक हजार तीन सय ६९ जना बालश्रमिक



कास्की । पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिक रहेका पाइएको छ ।

बालश्रम न्यूनीकरण सम्बन्धमा पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गतको सामाजिक विकास केन्द्रद्वारा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले हाल केन्द्रले किडासालगायत दाताहरूको सहयोगमा बालश्रम न्यूनीकरण, जीविकोपार्जन तथा शिक्षालगायत चारवटा कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

अहिले पोखरामा करिब एक हजार तीन सय ६९ जना बालश्रमिकको पहिचान भएको बताउँदै उनले तीमध्ये पाँच सय ७२ जना विभिन्न वर्कशपमा कार्यरत रहेको जानकारी दिए । मोटर तथा मोटरसाइकल वर्कशपमा काम गर्ने अधिकांश बालक भारतीय रहेकाले उनीहरुलाई कामबाट छुटाउन र परिवारको जिम्मा लगाउन नसकिएको बरालले जानकारी दिए । ती बालश्रमिकलाई कार्यस्थलमै पुगेर शिक्षा प्रदान गर्ने गरिएको उनको भनाइ छ ।

सामाजिक विकास केन्द्रका संयोजक एवम् पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले केन्द्रले विगतदेखि सञ्चालनमा ल्याएको बालश्रम न्यूनीकरण कार्यक्रमकै कारण पोखरामा बालबालिकालाई निकृष्ट प्रकारका श्रममा लगाउने कार्यमा कमी आएको बताए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले बालश्रम न्यूनीकरणका लागि स्थानीय सरकार बढी क्रियाशील हुनुपर्ने धारणा राखेका थिए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति, महासचिव बलराम आचाय, पोखरा महानगरपालिका–११ का वडाध्यक्ष प्रेम कर्माचार्यलगायतले बालश्रमको न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक भएकामा जोड दिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको