११ असार २०८३, बिहिबार । June 25, 2026

आईपीएल क्रिकेटः बैंगलुरु ४ विकेटले विजयी


१३ चैत्र २०८०, मंगलबार  

6
Shares

एजेन्सी । गएराति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किंग्सबीचको खेलमा बैंगलुरु पहिलो जीत हात पारेको छ ।

विराट कोहली चम्किँदा पञ्जाबमाथि बैंगलुरुले ४ विकेटको जित निकाल्न सफल भयो । कोहलीको ७७ रनको मद्दतले टोलीले पञ्जाब किंग्सले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य ४ बल बाँकी छँदा पछ्यायो । ४९ बलको इनिङ्समा कोहलीले ११ चौका र २ छक्का हिर्काए ।

दिनेश कार्तिकले नटआउट रहँदै २८ रन तथा महिपाल लोमरोरले नटआउट रहेर १७ रन बनाउन टोलीलाई लक्ष्यसम्म पुर्याए । बैंगलुरुका लागि रजत पटिदारले १८ तथा अनुज रावतले ११ रनको योगदान दिए । यता पञ्जाबका लागि कागिसो राबाडा र हरप्रित ब्रारले २–२ विकेट हात पारे भने साम करन र हर्षल पटेलले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ४५ रन बनाए । त्यस्तै, जितेश शर्माले २७ रन, प्रभसिमरन सिंहले २५ तथा साम करनले २३ रनको योगदान दिए । शशांक सिंहले नटआउट रहँदै २१ रन बनाए ।

बैंगलुरुका लागि मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर