२२ माघ २०८२, बुधबार । February 4, 2026

सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को खण्ड (क) तथा खण्ड (क .१) लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न, गराउन सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन नेपाल सरकार तथा प्रदेश सरकारको समेत मुख्य जिम्मेवारी भएकोले निर्वाचन प्रचारप्रसारका सम्बन्धमा सो निर्देशन दिएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित गरेको छ ।

त्यस्तै सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दा समेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । उल्लेखित व्यवस्था कार्यान्वयनको लागि आयोगले पटक पटक राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दै आएको छ भने राजनीतिक दलका प्रमुख पदाधिकारीबाट निर्वाचन आचार संहिता पालनाको प्रतिबद्धता समेत जनाएका छन् ।

यति हुँदा हुँदै निर्वाचनका सन्दर्भमा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्यको लागि हेलिकप्टर लगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने गरेको भनी विभिन्न माध्यमबाट सूचना प्राप्त भएकाले सो कार्यलाई नियन्त्रण गर्न सत वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल