२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एशियाली मुलकै पहिलो बेलायती प्रधानमन्त्री सुनक

संसद प्रवेशको ७ बर्षमै सुनक बने बेलायको प्रधानमन्त्री



काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीमा भारतीय मूलका ४२ बर्षीय ऋषि सुनक निर्विरोध निर्वाचित भएका छन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन । लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो ।

मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका सुनकलाई आफ्नो सहयोग रहने बताएकी छन् । सुनक बेलायतका प्रधानमन्त्री पदमा पुगेसँगै धेरैवटा रेकर्ड राखेका छन् । भारतीय मूलका मात्र हैन उनि एशियाली मुलकै पहिलो बेलायती प्रधानमन्त्री बनेका छन् । त्यतिमात्र हैन, बेलायतको उच्च पदमा पुग्ने पहिलो हिन्दु पनि ऋषि नै हुन् ।

उनका अभिभावक अफ्रिका हुँदै बेलायत आएका भारतीय मूलका आप्रवासी हुन् । सन् १९८० मे १२ मा इंल्याण्डको साउथह्याम्टनमा जन्मेका ऋषिले अक्सफोर्ड बिश्वबिद्यालयबाट बि.ए र स्टाण्डफोर्ड बिश्वबिद्यालयबाट एम.बि.ए गरेका छन् । भारतीय सूचना प्रबिधि कम्पनी इन्फोसिसका लगानीकर्ता नारायण मूर्थीकी छोरीसँग बिबाह गरेका ऋषिको जोडी बेलायतका धनी दम्पत्तिमध्ये पर्छन जसको सम्पत्ति ७ सय ३० मिलियन पाउण्ड रहेको छ ।

उनको करियरको सुरुवात सन् २००१ मा गोल्डम्यान सचमा बिश्लेषकका रुपमा भएको थियो । सन् २००४ देखि १५ सम्म बिभिन्न हेज फण्डहरुमा उनले व्यवस्थापकका रुपमा रुपमा कार्य गरेका थिए । सन् २०१५ मा पहिलोपटक राजनीतिमा प्रवेश गरेका ऋषिको राजनीतिक करियर जम्मा ८ बर्षको छ ।

सन् २०१५ मा रिचमण्डबाट सांसद निर्वाचित भए यता उनले निरन्तर बेलायती राजनीतिको भर्याङ तिब्र गतिमा चढ्दै गए । संसद प्रवेश गरेको ७ बर्षमै बेलायतमा प्रधानमन्त्री बन्नु सुनकका लागी सामान्य बिषय भने होईन । सन् २०१८ मा स्टेट डिपार्टमेन्टको उपमन्त्री भएका ऋषि टेरेशा मेको कार्यकालमा अर्थमन्त्री समेत बनेका थिए ।

बोरिस जोन्सनको कार्यकालमा चान्सलर बनेका ऋषिले कोभिडकालमा अर्थतन्त्र चलायमान बनाउने कार्यमा जोन्सनको टीममा बसेर मुख्य भूमिका खेलेका थिए । पूर्वअर्थमन्त्री समेत रहेका सुनकले लकडाउनका बेला अर्थतन्त्रलाई गतिशील राख्ने प्रयासमा ठूलो रकम खर्च गर्नुपर्यो जसकारण खासै चर्चामा नरहेका उनले लोकप्रियता बटुल्न समेत सफल भएका थिए ।

बोरिस जोन्सनले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको दौडमा देखिएका ऋषि लिज ट्रससँग पराजित भए । तर, ४५ दिनमै ट्रसले राजीनामा दिएपछि अन्ततः ऋषिले प्रधानमन्त्रीको दौड जितेका छन् । पछिल्ला महिनामा बेलायती प्रधानमन्त्रीले अबलम्बन गरेका आर्थिक नीतिको उनी कट्टर आलोचक थिए ।

तर अब पछिल्लो समय विग्रदैँ गएको बेलायतको अर्थतन्त्र सुधार गर्नुपर्ने मुख्य जिम्मेवारी नव नियुक्त प्रधानमन्त्री सुनकको काँधमा आएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको