१० बैशाख २०८२, बुधबार । April 23, 2025

वैदेशिक रोजगारीका क्रममा ठगिएकाहरुलाई क्षतिपूर्ति



काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ ।

मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्दै सो कुरा जानकारी गराएका हुन । उनले वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसारको काममा नलगाउने जस्ता कार्य गराएको भनि वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ती भराएको ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई उपलब्ध गराइएको बताए ।

उनले वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरी उपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाइएको पनि बताए । मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर भइ काम अगाडी बढेको पनि उल्लेख गरे ।

त्यस्तै रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन बैदेशिक रोजगार कार्यालय ताहाचलमा अस्थायी रुपमा रोमानिया मिशन स्थापना गरिएको मन्त्री कुँवरको भनाई छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ समसामयिक बनाउने कार्यदल गठन भइ कार्य भइरहेको पनि उनले बताए ।

सातवटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरुबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

उच्च विन्दुबाट फर्कियो सुनको भाउ, एकैदिन यतिधेरै घट्यो !

काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबारको दिन उल्लेखनीय मूल्य घटबढ

कश्मिर आतङ्कवादी आक्रमणमा बुटवलका सुदीप न्यौपानेको ज्यान गयो

बुटवल । भारतको जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा एक नेपाली

डोटीमा मिनीट्रक दुर्घटना: चालकसहित तीन जनाको मृत्यु

कैलाली। डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनमा भीमदत्त राजमार्गअन्तर्गत आज बिहान

पहलगाम आतंकवादी हमलाः एक नेपालीसहित २६ जनाको मृत्यु

एजेन्सी। भारतको जम्मु–कश्मीरस्थित पहलगाम क्षेत्रमा भएको आतंकी हमलामा एक नेपाली

दर्ता नगरे बन्द गरिने चेतावनीपछि मेटाका प्रतिनिधि दौडिँदै काठमाडौंमा

काठमाडौं । सामाजिक सञ्जाल नियमनको सरकारी अभियानले तीव्रता पाउँदै जाँदा,