२३ माघ २०८२, बिहिबार । February 6, 2026

सरकारले निर्माण व्यवसायीको ४० अर्ब तत्काल भुक्तानी गर्छः अर्थमन्त्री पुन



काठमाडौं । सरकारले निर्माण क्षेत्रका काम सकेर पनि भुक्तानी नपाएका ठेकेदारहरुको तत्काल ४० अर्ब रुपैयाँ भुक्तानी दिने तयारी गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा अर्थमन्त्री वर्षमान पुनले ४० अर्ब रुपैंयाँ तत्काल निर्माण व्यवसायीका लागि भुक्तानी गर्ने बताएका हुन् । उनले भने, ‘काम गरेर बक्यौता नपाएका निर्माण व्यवसायी सबै कानूनी प्रकृया पूरागरी सम्बन्धित मन्त्रालयमार्फत आउँछन् भने तत्काल ४० अर्ब भुक्तानी गर्नेमा छौं ।’ बाह्य सूचक राम्रो रहेपनि आन्तरिक बजार चलायमान हुन नसक्दा अर्थतन्त्र शिथिल बनेको स्वीकारेका मन्त्री पुनले निर्माण व्यवसायीका लागि ४० अर्ब तत्काल रकम निकासा गर्दा आन्तरिक बजारलाई त्यसले चलायमान बनाउने उनले बताए ।

उनले अर्थतन्त्रमा आफ्नै प्रकारका तरलता लगायतका विविध समस्याहरु आइरहने उल्लेख गर्दै नेतृत्वमा बसेकाहरु डराउन नहुने र समस्या समाधानमा लाग्नुपर्ने चर्चा गरे । बजारमा तरलता बढी हुँदा राष्ट्र बैंकलाई व्यवस्थापन गर्न समस्या हुने भएपनि अर्थतन्त्रको समस्या समाधान गर्न नेतृत्वमा बसेकाहरु डराउन नहुने धारणा पुनको छ । ‘एक वर्ष अगाडि बजारमा तरलताको समस्या थियो अहिले आएर तरलता धेरै भयो कहाँ खर्च गर्ने भन्ने छ । यी समस्याहरु आइराख्छन् । हामी नेतृत्व लिएर बसेकाहरु डराउने होइन व्यवस्थापन गर्ने हो ।’

तरलताको समस्या हल गर्नुपर्नेमा जोड दिँदै पुनले सँगै कार्यक्रममा उपस्थित राष्ट्र बैंकका गर्भनर र विज्ञलाई लक्षित गर्दै थपे, ‘तरलता कम हुँदा कसरी व्यवस्थापन गर्ने विज्ञहरु तपाईं हुनुहुन्छ जान्नुभएको छ । त्यस्तै तरलता बढी हुँदा हिजो कडाइ गरेका कुन ठाउँमा खुकुलो गर्ने, क्याप्टिङलाई सजिलो गर्नुपर्ने कुरामा राष्ट्र बैंक र नियामक निकायले सोच्ने हो ।’ बैंकहरुमा थुप्रिएको पैसा बजारमा पुगेर रोजगारी सिर्जना होस र जनताको हातमा पैसा पुगोस साथै राजश्व वृद्धि होस भन्ने चाहेको उल्लेख गरेका उनले राष्ट्र बैंकसँग प्रतिस्पार्धा होइन सरकार समन्वय र सहकार्य र सन्तुलन गरेर अघि बढ्ने बताए ।

अर्थमन्त्री पुनले भने, ‘हामी झगडा गर्न र एक अर्कालाई माथि देखाउन मैंले राम्रो गरेँ अर्कोले गल्ती गर्यो भन्नलाई होइन । समग्र राष्ट्रको समस्या भएकाले त्यसलाई सन्तुलन गरेर अगाडि बढ्न लाग्ने हो । तरलता कम भएकाले कहाँकहाँ कुन क्षेत्रलाई निरुत्साहित गर्ने, बढी हुँदा कहाँकहाँ खुकुलो गर्ने, सार्वजनिक वृतको चाप घटाउन कहाँ के गर्ने यी कुरामा हामी रचनात्मक ढंगले सहयोग र आपसी समन्वयात्मक रुपमा काम गर्ने हो । कसैसँग प्रतिस्पर्धा गर्ने पक्षमा हामी छैनौ, सबैले संविधान र कानून भित्र रहेर जनताको अपेक्षा पूरा गर्न काम गर्ने हो ।’

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल