४ पुस २०८२, शुक्रबार । December 19, 2025

प्रचण्ड सरकारको नयाँ मन्त्रिमण्डल, कुन पार्टीबाट को–को भए मन्त्री ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

कांग्रेस सँगको सहकार्य तोडेर एमाले–रास्वपा लगायतका दलहरुसँग सहकार्यको हात अघि बढाएका प्रचण्डले नयाँ मन्त्रिमण्डल बनाएका हुन् । जसमा नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रबाट ५ र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना मन्त्रि भएका छन् । एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा गएको छ ।

एमालेबाट महासेठ उपप्रधान सहित भौतिक पूर्वाधार मन्त्री, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री, रक्षा मन्त्रालयमा हरि उप्रेती, महिला बालबालिका मन्त्रालयमा भगवति चौधरी, खानेपानि मन्त्रालयमा राजेन्द्र राई, उद्योग मन्त्रालयमा दामोदर भण्डारी, ज्वालाकुमारी साह कृषि तथा सहकारी मन्त्रालय, बलराम अधिकारी भूमि व्यवस्था तथा गरिवि निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान सहित परराष्ट्र मन्त्रालयमा पुगेका छन् । त्यस्तै बर्षमान पुन अर्थ मन्त्रालय, शक्ति बस्नेत, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, रेखा शर्मा सुचना तथा सञ्चार मन्त्रालय, हितबहादुर तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हान पुगेका छन् ।

यता, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधान सहित गृह मन्त्रालयमा लामिछाने आफै गएका छन् भने उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा तथा बिज्ञान मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ६ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले