१५ चैत्र २०८१, शनिबार । March 29, 2025

राष्ट्रिय सभा निर्वाचन

लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी



दाङ । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी सापकोटा विजयी भएका छन् । सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी भएका हुन् । आज भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई हराउँदै गठबन्धनतर्फबाट उम्मेदवार बनेका सुवेदी र सापकोटा विजयी भएका हुन् ।

निर्वाचनमा सुवेदीले पाँच हजार चार सय ३५ र सापकोटाले पाँच हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवार केसीले दुई हजार आठ सय ६७ मतभार र घर्ती क्षेत्रीले तीन हजार ३९ मतभार प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज घोडेजात्रा पर्व, यस्तो छ परम्परागत मान्यता

काठमाडौं । आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।

तिनकुने–कोटेश्वर क्षेत्रको अनुगमन गर्दै गृहमन्त्री लेखक

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण क्षति पुगेको

म्यानमार भूकम्पः मृत्यु हुनेको संख्या १ सय ४४ पुग्यो, उद्धार कार्य जारी

म्यानमार । म्यानमारमा शुक्रबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको

आईपीएलः बेंगलुरुको लगातार दोस्रो जित, चेन्नई ५० रनले पराजित

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल